१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्वस्थ रहेको भन्दै महरा नर्भिक अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ : सुन तस्करीको अभियोगमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले महरालाई अस्पतालमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको व्यवस्थापन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेता महरालाई नर्भिक अस्पताल राखिने छ ।

महराले आफूले आठ प्रकारका औषधि खाइरहेकाले अस्पतालमा बस्न दिन माग गर्नुभएको र सोही आधारमा अस्पतालमा राखेर अनुसन्धान गर्न भनेको हो । आजै सुन प्रकरणको अनुसन्धानका लागि नेता महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले चार दिनको म्याद पाएको थियो । अब महरा चारै दिन अस्पताल बस्नु हुनेछ ।

महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पनि महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । यसअघि नै सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।