१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वरका ट्राफिक प्रहरी प्रमुख गिरी ड्राइभिङ्ग स्कुलमा…



अ+ अ-

काठमाण्डौ । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक आइतबार ‘क्रियशन ड्राइभिङ्ग स्कुल’ मनोहरा फाँट लोकन्थली—जडिबुटीमा सवारी साधन चलाउन सिक्दै गरेका प्रशिक्षार्थीहरुलाई सवारी नियमबारे प्रशिक्षण दिन पुगे ।

‘क्रियशन ड्राइभिङ्ग स्कुल’ले आफ्नो स्कुलमा सवारी साधन चलाउन सिक्दै गरेका प्रशिक्षार्थीहरुको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक अच्युत गिरी त्यहाँ पुगेका हुन् ।

‘क्रियशन ड्राइभिङ्ग स्कुल’का प्रवन्ध सञ्चालक दिपक तामाङ्गका अनुसार यसअघि सो स्कुलका प्रशिक्षक (गुरु) हरुलाई सम्वन्धित विज्ञ र ट्राफिक प्रहरी अधिकारीबाट प्रशिक्षण दिइसकेको छ भने सवारी साधन चलाउन सिक्ने शिकारुहरुलाई ट्राफिक प्रहरी अधिकृतबाट पहिलोपटक यसप्रकारको ज्ञान दिइएको हो ।

ड्राइभिङ्ग स्कुलमा सैद्धान्तिक र प्रयोगात्मक शीप सिकेपछि सडकमा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी र ट्राफिक अनुशासनबारे प्रशिक्षार्थीहरुलाई ट्राफिक प्रहरी निरीक्षक गिरीले प्रशिक्षण दिएका थिए ।

सवारी साधन चलाउन सिक्दै गरेको बेलामा ट्राफिक अनुशासन र सावधानीबारे सिकाउँदा उनीहरु सवारी चालक भएपछि हुनसक्ने सवारी दुर्घटनामा कमी हुने ट्राफिक प्रहरी निरीक्षक गिरीको दावी छ ।

यातायात व्यवस्था विभागले लिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा प्रयोग गरिने मोडेलका अल्टो कार, सुपर स्प्लेण्डर मोटरसाइकल र प्लेजर स्कुटरबाट प्रशिक्षण दिँदै आएको क्रियशन ड्राइभिङ्ग स्कुल १० वर्षदेखि सुविधानगर, तिनकुनेमा र ४ वर्षदेखि मनोहरा प्लानिङ्ग लौहकिल्थली—जडिबुटीमा सञ्चालित रहेको प्रवन्ध सञ्चालक तामाङ्गले बताए ।