१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यादव पक्षको माओवादीसँगको एकता घोषणा नेसपाले खारेज गर्‍यो



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ ।

आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले माओवादीसँगको एकता खारेज गर्ने निर्णय गरेको हो ।

पार्टिका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकता गर्ने सहितका चार बुँदे सहमति गरेको थियो ।

यस्तै, बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले जानकारी दिए । नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेका र त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी रहेका उनले बताए । ‘केही साथीले माओवादीसँग एकता गरेको भनेर निकालेको विज्ञप्ति पार्टीको निर्णय अनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । त्यसैले स्वत: खारेजभागी छ ’, उनले भने ।