२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी सङ्कलन



अ+ अ-

गलकोट । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा रु ३५ लाख ११ हजार पाँच सय ३५ भेटी सङ्कलन भएको बताउनुभयो । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो ।

फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद रु १९ लाख ८१ हजार एक सय, चामल बिक्रीबाट रु ५४ हजार नौ सय, बोकाबाट रु एक लाख ३० हजार छ सय, कुखुराबाट रु सात हजार दुई सय प्राप्त भएको छ । साथै राँगाबाट दुई हजार, भाडा रु तीन लाख १४ हजार चार सय, विवाहबाट रु १० हजार पाँच सय आर्थिक सहयोग रु तीन लाख ४२ हजार चार सय ८५, परेवा बिक्रीबाट रु छ लाख ५५ हजार दुई सय ५०, व्रतबन्ध रु नौ सय, पण्डितबाट रु १२ हजार दुई सय सङ्कलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यस्तै फागुनमा रु २७ लाख ३६ हजार आठ सय ९० खर्च भएको छ । फागुनमा रु सात लाख ७४ हजार छ सय ४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब रु तीन लाख ९७ हजार आठ सय, विद्युत् महसुल रु ५२ हजार आठ सय, अतिथि सत्कारमा रु ६७ हजार खर्च भएको छ । साथै आर्थिक सहयोग रु १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा रु २१ लाख छ हजार, पोशाक तथा छपाइमा रु २१ हजार, खाद्यान्न तथा आवासमा रु ५४ हजार, विज्ञापनमा रु तीन हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु १६ हजार नौ सय खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।

समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैँै मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । रासस




भर्खरै