११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

करफोकमा गुञ्जियो नेपथ्य आवाज

करफोकमा गुञ्जियो नेपथ्य आवाज
अ अ+ अ-

करफोक (इलाम): पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ । त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि विदा परेको विद्यालयबाहेक यस स्थानमा चहलपहलको खासै आधार देखिँदैन ।

शनिबार बेलुकी भने यसै सुनसान फाँटमा अचानक हजारौं दर्शक जम्मा भए । सदैव सहर बजारको भिडभाडमा उभिने नेपथ्यले यसरी पहिलोपटक आफुलाई प्रकृति र संगीतको समागममा दर्शक अघिल्तिर प्रस्तुत गरेको छ ।

कन्सर्ट सुरुहुनु केहिघन्टा अगावैदेखि फिक्कलबाट सदरमुकाम इलाम बजारलाई जोड्ने राजमार्गमा चलहपहल सुरुभएको थियो । निकै परबाट आएका दर्शकहरु आफ्ना सवारी साधन राख्ने ठाउँ खोज्दै पर परसम्म फैलिएका देखिन्थे । चार बजे बेलुकी ढोका खुलेपछि उनीहरु अलि अलि गर्दै करफोक विद्यामन्दिरको परिसरतर्फ ओर्लन सुरुगरे ।

तोकिएको समय अर्थात् बेलुकीको ठीक छ बजे कन्सर्ट सुरुभएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’ बाट साँझको थालनी गरेका थिए ।

‘हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकोले नजिकै पर्ने यो ठाउँमा साथीहरुसँग आयौं,’ कन्सर्टकै लागि दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहेका थिए, ‘बबाल रमाइलो लाग्यो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस जोडेर बनेको यस सूर्योदय नगरपालिकाको सिमाना भारतसँग जोडिएको छ ।

‘नेपथ्यको उपस्थितीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्ने अवसरका रुपमा पनि लिएका छौं,’ नगरप्रमुख रणबहादुर राइले भने, ‘चियाको निम्ति प्रसिद्ध यस स्थानलाई अब पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पनि यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास छ ।’

कूल भूभागमध्ये ६० प्रतिशतभन्दा बढी चियाबगानले ओगटेको यो नगरपालिकाले वर्षेनी ५० लाख किलोभन्दा बढी चिया उत्पादन गरेर यहाका माटो हावापानीको स्वाद संसारभरलाई बेच्नेगरेको छ । देशमै सबैभन्दा पहिले सूर्योदय देखिने श्रीअन्तुदेखि लिएर सूर्यास्तका मनोरम दृश्य देखिने उच्च भूभागका रमाइला चियाबारी र धुपी सल्लाका जंगलहरु यस भेगमा जताततै पाइन्छन् । पछिल्लो समय सुविधाजनक होटलहरुले भरिभराउ यो स्थान अब ब्यापक स्तरमा पर्यटकहरुलाई निम्त्याउन तम्तयार छ ।

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरेः ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ ।’ अमृतले तमाम दर्शकहरुलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आव्हान पनि गरे ।

यसपालाको कन्सर्टमा सँधै दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरु लगायत भर्खरै रिलिजभएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’  पनि प्रस्तुत गरिएको थियो ।

युवायुवतीको बाहुल्यता रहेको भीँडमा दर्शकहरुबीच विविधता पनि उत्तिकै देखिन्थ्यो ।

राजधानी काठमाडौंको सञ्चारकर्ममा धेरै वर्ष बिताएका लेखक केदार शर्मा पछिल्लो समय करफोकस्थित जन्मथलोमै आएर बसोबास गर्नथालेका छन् । शनिबार घर छेवैको मैदानमा आयोजित नेपथ्य कन्सर्टमा उनी पनि भेटिए ।

‘धेरै पहिलेदेखिको चिनजान भएता पनि नेपथ्य समूहको कन्सर्ट हेर्ने अवसर मलाइ बल्ल आफ्नै आँगनमा जुरेको छ,’ शर्मा भनिरहेका थिए, ‘अमृतजीको उर्जा हामी सबै दर्शकहरुमा विस्तारहुँदा गज्जब रमाइलो लाग्दो रहेछ ।’

इलामको गढीथुम्कामा निर्माणाधिन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुती थियो ।

‘कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,’ आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, ‘यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ ।’

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्ने?’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए ।
यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नेपथ्यले यसै महिनाको अन्त्यमा आफुलाई फेरि इलामकै छेउमा उभ्याउने भएको छ । नयाँ वर्षको अघिल्लो रात ब्याण्ड फेरि बिर्तामोडमा प्रस्तुत हुने छ ।