• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु

पुरानो पुस्ताको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्छः सुनिता डंगोल



काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नित्या रञ्जना युनिकोडको विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन दिनुपर्ने बताउनु भयो । उहाँले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन आग्रह गर्नुभयो । देशको राजनीति र विकासमा नयाँ पुस्ता आउन जरुरी रहेको बताउनु भयो । राजनीतिमा आउने पुस्ताले पुरानाहरुलाई उत्तिकै सम्मान दिनुपर्ने बताउनु भउो । उहाँले रञ्जना लिपी जस्तै अन्य पुराना लिपीहरुको पनि संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुराना लिपीहरु लोप हुँदै गएको भन्दै त्यसलाई ब्युँताउन हरेक स्थानीय सरकारको भुमिका रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज राम्रो गर्ने बित्तिकै हिजोलाई बिर्सिनु हुँदैन । हिजोको सम्मान गर्नुपर्छ । सँगै हिजोलाई सम्मान गर्ने क्रममा हिजोले पनि आजलाई सम्मान र प्रोत्साहन दिनुपर्छ । रेकग्नाइज गर्नुपर्छ । यो महशुस गरेपछि हामीले सम्पदा र संस्कृतिको क्षेत्रमा मात्रै नभइ हरेक क्षेत्रमा काम गर्नसक्छौँ । अग्रजहरुले नयाँ पुस्ताको सम्मान गर्नुपर्छ । नयाँ पुस्ताको नयाँ तरिका हुन्छ । पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ काँधले बोक्ने आँट पनि चाहिन्छ । हामीसँग यति धेरै लिपीहरु छन् जुन अब मर्दै गएका छन् । त्यसलाई ब्युँताउने हो भने हरेक स्थानीय सरकारको भुमिका हुन्छ । आफ्नो भुमिका महशुस गर्नुपर्छ ।’

आजको सार्वजनिक गरिएको रञ्जना युनिकोड फन्ट विश्वका लागि निःशुल्क हुनेछ । सँगै देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट रहेको बताइएको छ । जुन स्क्रिन, प्रिन्टिङ र वेबका लागि पनि अनुकुलित छ । आधुनिक युगमा लिपीको संरक्षण र प्रवद्र्धन गर्न क्यालिजात्रा फाउण्डेशन र भारतको फन्ट डिजाइन कम्पनी इके टाइपको सहयोगमा रञ्जना युनिकोड फन्टको विकास गरिएको बताइएको छ ।