११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन, संयोजकमा चापागाईं तथा सहसंयोजकमा कुईंकेल र महर्जन निर्वाचित

जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन, संयोजकमा चापागाईं तथा सहसंयोजकमा कुईंकेल र महर्जन निर्वाचित
अ अ+ अ-

काठमाण्डौं: द्वन्द्वोत्तर अवस्थामा संक्रमणकालीन न्याय, कानूनी शासन र मानवअधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको जवाफदेहिता निगरानी समितिको आज बसेको वैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशिल अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन् । त्यसैगरी वैठकले सहसंयोजनको जिम्मेवारी क्रमश: मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुईंकेल र अधिवक्ता रुकमणी महर्जनलाई दिएको छ ।

चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्व अध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुन् । कुईंकेल एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष हुन् भने महर्जन त्रिभुवन विश्वविधालयमा कानून संकायमा उपप्रध्यापक छिन् ।

निगरानी समितिको वैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा भएको थियो ।

वैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहीविहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ ।