• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन, संयोजकमा चापागाईं तथा सहसंयोजकमा कुईंकेल र महर्जन निर्वाचित



काठमाण्डौं: द्वन्द्वोत्तर अवस्थामा संक्रमणकालीन न्याय, कानूनी शासन र मानवअधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको जवाफदेहिता निगरानी समितिको आज बसेको वैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशिल अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन् । त्यसैगरी वैठकले सहसंयोजनको जिम्मेवारी क्रमश: मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुईंकेल र अधिवक्ता रुकमणी महर्जनलाई दिएको छ ।

चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्व अध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुन् । कुईंकेल एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष हुन् भने महर्जन त्रिभुवन विश्वविधालयमा कानून संकायमा उपप्रध्यापक छिन् ।

निगरानी समितिको वैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा भएको थियो ।

वैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहीविहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ ।