१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

सरकारलाई काँग्रेस सांसद ढुंगानाको सुझाव: कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास गरौं

सरकारलाई काँग्रेस सांसद ढुंगानाको सुझाव: कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास गरौं
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । पूर्वमन्त्री समेत रहनुभएका सांसद ढुंगानाले ऊर्जा क्षेत्रको विकासका लागि तत्काल बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले विगतमा अरुण तेस्रो जलविद्युत आयोजनाको काम अघि नबढाउन मुलुकको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहन गएको उल्लेख गर्दै यसको सुधारका लागि ऊर्जा क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । सांसद ढुंगानाले सिंचाईको आवश्यक व्यवस्था गरेर सरकारले मुलुकलाई निर्यातलाई समेत पुग्नेगरी अनाजको उत्पादन बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो बजेट ऋणात्मक भएको छ । त्यसलाई कम गर्ने हो भने निर्यातलाई बढाउनु पर्छ । निर्यात बढाउने अहिलेको अवस्था जलस्रोत शिवाय अरु छ जस्तो मलाइ लाग्दैन । मलाई थाहा छ–केटाकेटीमा हामीलाई शरदको मान्छे भनिन्थ्यो । र इन्डियाका मान्छेलाई मुग्लिनिया भनिन्थ्यो । र उताबाट गाडा लिएर हामी कहाँ धान किन्न आउथ्यो । हिजोको दिनमा उनीहरुले हामीबाट अनाज लगेर खान्थे । आज के भएको छ भने हामीनै अरर्वौको अनाज किन्ने अवस्थामा पुगेका छौं । निश्चयनै हाम्रो अर्थतन्त्रमा कहीँनकहीँ कमजोरीहरु भए, जसले गर्दाखेरी यो परिस्थिति हुन पुगेको छ । र निर्यात कम, आगामी बढी हुन गएको छ । त्यसलाई कम गर्नका लागि हाम्रो शिवाय जलस्रोत बाहेक अरु उपाय छैन । त्यसका लागि अहिलेको सरकारले प्राइभेट सेक्टरलाई पनि व्यवस्थापन मिलाएर कसरी अघि साथीहरुले उठाउनु भयो । बुढीगण्डकीको गएर कुरा उठेका छन । उ बेला अरुण तेस्रोको बारेमा धेरै कुराहरु उठे । अरुण तेस्रो नहुँदा आज देशले समस्या भोग्नु परेको छ । विभिन्न कारणले अरुण तेस्रोलाई हामीले बन्न दिएनौं । जसले गर्दा हाम्रा विकासको क्रममा कमजोरीहरु भए ।’

‘अर्को प्राथमिकता हाम्रो कृषिलाई राखिएको छ । तर कृषिका लागि सिचाई नै छैन । हामीले धेरै वर्षदेखि कराउँदै आयौं–सुनकोशी मरिन डाईभर्सन । यो सुरु भएको छ । यसलाई व्यवस्थित गर्न सक्यौं भने मधेशको ८ जिल्ला, जहाँ अन्नको भण्डार छ । हामी अन्न उब्जाउन सक्छौ । आफूलाई पुर्‍याएर विदेशलाई पनि हामी दिनसक्छौं । तर हामीले त्यो दिशातिर कहिल्यै पनि सोचेनौं । सिचाईको बारेमा सोचेनौं, कृषिलाई प्राथमिकतामा राख्दै राखेनौं । हामीले कृषिलाई व्यवसायीकरण गर्ने कोशिसनै गरेनौं । जसले गर्दादेखि आज हाम्रो यो अवस्था भएको छ । त्यसैले म खासगरी अहिलेको अर्थमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु–उहाँले कमसेकम ३/४ वटा सिँचाई योजना कोशी कमला डाईभर्सन, कोशी मरिन डाईभर्सन, चतरा नहर, पश्चिम गएर गण्डक नहर र बबइ । यी सबैलाई व्यवस्थित गर्न सकियो भने हामीलाई अन्नको कमी हुँदैन । अर्वौको अन्न किन्नुपर्ने अवस्थाबाट हामीले उन्मुक्ति पाउँछौं । त्यतिमात्रै होइन अहिले युवाहरु किन पलाएन हुँदैछन ? युवाले रोजगारी पाउँदैनन् । रोजगारी छैन, राम्रो शिक्षा छैन । हामीले जुन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । त्यो संविधानको दायरा भित्र बसेर स्वास्थ्य र शिक्षालाई मौलिक अधिकार भित्र राखेका छौं । त्यसलाई व्यवस्थापन गरौं । र कृषि, ऊर्जा र पर्यटनलाई व्यवस्थापन गरौं । ’

सांसद ढुंगानाले सरकारले मुलकको आर्थिक क्षेत्रको विकासमा निजी क्षेत्रलाई सहभागी गराएर लैजान पहल गर्नुपर्ने बताउनु भयो ।