२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबी प्रमुख किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी



अ+ अ-

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई सरुवा गर्न तयारी गरिएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले एआईजी बज्राचार्यलाई दोषी ठहर गरेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उनलाई सरुवाको तयारी गरेका गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको उनले बताए ।

आयोगले सुन प्रकरणमा त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको भन्दै एआईजी बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले ६० किलो सुन अनुसन्धानमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीमा संलग्न आरोपी जीवन चलाउनेलाई सीआईबीले प्रतिवादी कायम गरे पनि  कागज मात्र गरेर छाडेको छानबिनबाट देखिएको छ ।