११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन: कानूनभन्दा माथि निर्देशन हुन सक्दैन, आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस्

सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो। सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन: कानूनभन्दा माथि निर्देशन हुन सक्दैन, आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस्
अ अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूत गर्ने बताउनु भएको छ ।  जिल्ला सुरक्षा समितिका अधिकारीलाई निर्देशन दिदै गृहमन्त्री लामिछानेले यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको जनाउदै नागरिकले सरकार छ भन्ने अनुभूती दिनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो -हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं। समाज बस्न लायक हुँदैन। सहज रुपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निरास हुन्छ। अहिलेको अवस्था त्यही हो। यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो।

गृहमन्त्री लामिछानेले सरकारले अधिकार दिएका कुरा प्रभावकारी काम गर्न नसक्दा नै समाजमा निरासा बढेको जनाउदै बेथितिमा रमाउने बानी परेको बताउनु भयो । उहाँले प्रश्न गर्नुभयो समाज कस्तो हुनुपर्छ भन्ने हामीले बिर्सिसक्यौं। मलाई भन्दा तपाईंलाई थाहा छ कहाँ बिग्रिएको र कहाँ सुधार्नु पर्छ भन्ने। तर, खै त बिग्रिएको सुधारेको ?

निर्देशन दिदै उहाँले भन्नुभयो- अब एकपटक समस्या समाधानको प्रण गरौं। प्रत्येक दिन नागरिकसँग ठोक्किने तपाईं नै हो सरकार, सुधार तपाईंहरुबाटै सुरु गर्नुपर्ने हो। जिम्मेवार भएर काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँछ। एकरदुई जनाले राज्यलाई चुनौती दिइरहेका छन्। तर, हामी मौनजस्तै छौं। यो क्रम कहिलेसम्म?

उहाँले भन्नुभयो -निर्देशनमा होइन टीमको सदस्यका रुपमा रुपमा योजनावद्ध र प्रभावकारी काम गरौं। समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो तरु मेरोतर्फबाट कानून पालना गर्ने पूर्णअधिकार तपाईंहरुसँग छ। त्यसको पूर्ण कार्यान्वयन गर्नुस्। कानूनभन्दा माथि निर्देशन हुन सक्दैन। आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस्।

गृहमन्त्री लामिछानेले भन्नुभयो -चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन। तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन। गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन। गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ। कति दिन रहन्छु थाहा छैन। जति रहन्छु राम्रो गर्छु। नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन।

उहाँले भन्नुभयो- सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो। सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन। अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्। होइन उनीहरुले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस्।

उहाँले भन्नुभयो- समस्या लिएर आउनेको तत्काल काम गरिदिनुस्। काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस्। नागरिक समस्या लिएर सिंहदरवार आउनु नपरोस्। समाधान नभएका समस्या चाहिँ तपाईंहरु मार्फत सिंहदरवार आओस्। साहु महाजनले गरीबलाई नतर्साओस्। पीडितको पक्षमा उभिनुस्। पीडितलाई थप पीडा दिने काम नगर्नुस्। किसानका समस्यालाई प्राथमिकता दिनुहोस्। अवैध आयात नियन्त्रण गर्नुहोस्। नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोकिनै पर्छ।

उहाँले भन्नुभयो-तपाईंहरुको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस्। तर, तपाईंको स्वार्थमा उनीहरु (राजनीतिक नेतृत्व)बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन। अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहिँ कारबाही गर्छु। दण्डहिनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस्।

उहाँले भन्नुभयो -अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ। गएन भने गम्भीर समीक्षा हुन्छ। र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँबर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन निर्देशन दिनुभएको थियो।