१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुको पित्त सहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले भालुको पित्त सहित एक जनालाई पक्राउ गरेको छ । संखुवासभा चिचिला गापा वडा न २ घर भई हाल काठमाडौं बुढानिलकण्ठको बिष्णुमति बस्ने ३२ बर्षिय बिगुल राईलाई प्रहरीले भालु पित्त सहित पक्राउ गरेको हो । 

प्रहरीले विशेष सुचनाको आधारमा बिष्णुमति चोक स्थितबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त २ थानसहित राईलाई पक्राउ गरेको छ । राइले पच्चिस हजारका दरले प्रति ग्राम बिक्रि वितरण गर्ने उद्येश्य राखेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।