३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

प्रधानमन्त्री अस्थिरताको पक्षमा हुनुहुन्छः प्रदीप पौडेल

प्रधानमन्त्री अस्थिरताको पक्षमा हुनुहुन्छः प्रदीप पौडेल
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताउनुभएको हो । उहाँले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाति भएको बताउनु भयो । उहाँले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभइ अरुको कारणले टुट्नुपर्ने भएपनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको बताउनु भयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताउनु भयो । उहाँले यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्यूले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिनुभएको छ । एक वर्षमै तीन पटक विश्वासको मत लिनुपर्ने भएपछि प्रधानमन्त्री नै स्थिर भएको देखिएन । अस्थिरताको पक्षपाति नै प्रधानमन्त्री हुनुभएको जस्तो देखिएको छ । र गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल देखिनु भएको छैन । खासगरी के हुन्छ भने गठबन्धनमा नेतृत्व गरेको दलले अथवा प्रधानमन्त्रीको कारणले गठबन्धन टुट्दैन । गठबन्धनमा आवद्ध अरुको कारणले गठबन्धन टुट्ने गर्छ । तर अहिले र यो भन्दा अगाडी के भएको छ भने प्रधानमन्त्री जो सरकारको नेतृत्व गर्नुहुन्छ, गठबन्धनको नेतृत्व गर्नुहुन्छ, उहाँकै कारणले गठबन्धन पटक–पटक तोडिएको छ । भत्किएको छ ।

त्यसकारण यो धेरै स्थिर हुन्छ भन्ने मलाई लाग्दैन । सरकार बन्ने, भत्किने जुन खालको प्रक्रिया छ यसले देशलाई स्थिरता दिदैनँ । हामीले यो संविधानलाई बचाउन, समृद्धि ल्याउन सक्दैनौँ । त्यसकारण हाम्रो शुभकामना के हो भने पुष्पकमल दाहालले अहिले जुन विश्वासको मत प्राप्त गर्नुभएको छ, अरुले भत्काउने कोसिस गरेपनि उहाँले गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफुलाई टिकाउने कोशिस गर्नुस् । त्यसमा हाम्रो शुभकामना छ । अब यो भत्किने प्रयास त भइ नै रहन्छ ।’

सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।