१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरातन शैलीमा काम गर्ने छुट छैन: गृहमन्त्री रवि लामिछाने



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताउनु भएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक समीक्षा बैठकमा गृहमन्त्री लामिछानेले भन्नुभयो ‘पद सुरक्षित हुँदा -हुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण ‘डेलिभरी’ दिनका लागि हो। सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन।’

उहाँले भन्नुभयो ‘म पनि विशेष कार्यदेश लिएर आएको छु। यहाँहरुसँग त परिभाषित जिम्मेवारी छँदै छ। त्यसैले, आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरि सुधारका काम गरौं।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयसँग श्रोत-साधनको अभाव रहेको उल्लेख गर्दे प्रहरीका दुबै संगठनसँग आधारभूत बस्तुकै खाँचो रहेको र सवारी साधन, हातहतियार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने भएकाले त्यसतर्फ प्रर्याप्त ध्यान दिइनेजानकारी दिनु भयो ।

उहाँले नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्नुपर्ने उल्लेख गर्दे बजेटको सिलिङ बढाउन होइन ‘रिभ्यू’ गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका छ। राजस्व बढाउन सक्यौं भने गृहको बजेट क्रमश: ‘रिभ्यूु’ हुन्छ नै। देशको ढुकुटी बलियो बनाउन सबैले इमान्दार प्रयास गरौं।

बैठकपछि मन्त्री लामिछानेले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बिदाई गर्नुभयो। सचिव भट्टराईको हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको थियो।