२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरातन शैलीमा काम गर्ने छुट छैन: गृहमन्त्री रवि लामिछाने



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताउनु भएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक समीक्षा बैठकमा गृहमन्त्री लामिछानेले भन्नुभयो ‘पद सुरक्षित हुँदा -हुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण ‘डेलिभरी’ दिनका लागि हो। सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन।’

उहाँले भन्नुभयो ‘म पनि विशेष कार्यदेश लिएर आएको छु। यहाँहरुसँग त परिभाषित जिम्मेवारी छँदै छ। त्यसैले, आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरि सुधारका काम गरौं।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयसँग श्रोत-साधनको अभाव रहेको उल्लेख गर्दे प्रहरीका दुबै संगठनसँग आधारभूत बस्तुकै खाँचो रहेको र सवारी साधन, हातहतियार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने भएकाले त्यसतर्फ प्रर्याप्त ध्यान दिइनेजानकारी दिनु भयो ।

उहाँले नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्नुपर्ने उल्लेख गर्दे बजेटको सिलिङ बढाउन होइन ‘रिभ्यू’ गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका छ। राजस्व बढाउन सक्यौं भने गृहको बजेट क्रमश: ‘रिभ्यूु’ हुन्छ नै। देशको ढुकुटी बलियो बनाउन सबैले इमान्दार प्रयास गरौं।

बैठकपछि मन्त्री लामिछानेले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई बिदाई गर्नुभयो। सचिव भट्टराईको हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको थियो।