• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो ★   सत्तापक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त ★   परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट ★   प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने ! ★   तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द ★   अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित ★   पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ ★   १३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा ★   योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया ★   बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण



काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको दाहालले शपथ ग्रहण गरेर साँझ सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभाको काम जनतालाई अनुभुति हुनेगरी अगाडी बढाउने बताउनु भयो ।

उहाँले सचिवालयका कर्मचारीहरुका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै काम गर्ने क्रममा धेरै औपचारिकतामा गएर विलम्व नगर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले धेरै ऐन, कानूनहरु निर्माण हुन बाँकी रहेका भन्दै ती ऐन, कानून निर्माणमा जोड दिइने बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई जनताको बीचमा स्थापित गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सभालाई प्रभावकारी बनाउने कुरा, व्यवस्थित गर्ने कुरा र सभामा गरिएका निर्णयहरु, सभामा भएका छलफलहरुलाई कार्यान्वयन गर्ने कुरा र जनताको बीचमा, जनतालाई कमसेकम राष्ट्रिय सभामा यस्तो काम हुँदैछ भनेर अनुभुत हुने ढंगले अगाडी बढ्ने हो । सचिवालयका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्छ । म सचिवालयका साथीहरुलाई के अनुरोध गर्छु भने साह्रै धेरै औपचारिकतामा जाँदाखेरी हाम्रो कयौँ कामहरु ढिला भइराखेका हुन्छन् । भन्नैपर्ने छ, गर्नैपर्ने छ । तर गएर भन्न अप्ठ्यारो मान्ने खालको जुन एउटा परम्परा छ । त्यसको अन्त्य गरेर राम्रा कामका लागि सहज ढंगले विषयवस्तुहरु राख्नको निम्ति कर्मचारी साथीहरुले त्यो खालको पहल लिइदिनुपर्छ भन्ने मेरो अनुरोध पनि हो । राजनीतिक उपलब्धिहरु छन् । तिनलाई कार्यान्वयन गर्नको निम्ति नियमावलीहरु, ऐनहरु, कानुनहरु निर्माण गर्न बाँकी नै छ । ति ऐन, कानुनहरु निर्माण गर्ने कुरा छ । राष्ट्रिय सभा जनताको बिचमा स्थापित हुनेगरी काम गर्नुपर्ने छ ।’

उहाँले सभामा भएका छलफल र गरिएका निर्णयहरु कार्यान्वयन गराउन पनि आफ्नो ध्यान पुग्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल