११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण
अ अ+ अ-

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको दाहालले शपथ ग्रहण गरेर साँझ सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभाको काम जनतालाई अनुभुति हुनेगरी अगाडी बढाउने बताउनु भयो ।

उहाँले सचिवालयका कर्मचारीहरुका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै काम गर्ने क्रममा धेरै औपचारिकतामा गएर विलम्व नगर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले धेरै ऐन, कानूनहरु निर्माण हुन बाँकी रहेका भन्दै ती ऐन, कानून निर्माणमा जोड दिइने बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई जनताको बीचमा स्थापित गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सभालाई प्रभावकारी बनाउने कुरा, व्यवस्थित गर्ने कुरा र सभामा गरिएका निर्णयहरु, सभामा भएका छलफलहरुलाई कार्यान्वयन गर्ने कुरा र जनताको बीचमा, जनतालाई कमसेकम राष्ट्रिय सभामा यस्तो काम हुँदैछ भनेर अनुभुत हुने ढंगले अगाडी बढ्ने हो । सचिवालयका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्छ । म सचिवालयका साथीहरुलाई के अनुरोध गर्छु भने साह्रै धेरै औपचारिकतामा जाँदाखेरी हाम्रो कयौँ कामहरु ढिला भइराखेका हुन्छन् । भन्नैपर्ने छ, गर्नैपर्ने छ । तर गएर भन्न अप्ठ्यारो मान्ने खालको जुन एउटा परम्परा छ । त्यसको अन्त्य गरेर राम्रा कामका लागि सहज ढंगले विषयवस्तुहरु राख्नको निम्ति कर्मचारी साथीहरुले त्यो खालको पहल लिइदिनुपर्छ भन्ने मेरो अनुरोध पनि हो । राजनीतिक उपलब्धिहरु छन् । तिनलाई कार्यान्वयन गर्नको निम्ति नियमावलीहरु, ऐनहरु, कानुनहरु निर्माण गर्न बाँकी नै छ । ति ऐन, कानुनहरु निर्माण गर्ने कुरा छ । राष्ट्रिय सभा जनताको बिचमा स्थापित हुनेगरी काम गर्नुपर्ने छ ।’

उहाँले सभामा भएका छलफल र गरिएका निर्णयहरु कार्यान्वयन गराउन पनि आफ्नो ध्यान पुग्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल