१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु



अ+ अ-

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्री वृद्धाको तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोही मोटरसाइकलकको ठक्करले ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उहाँको उपचार भइरहेको छ । मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।