५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतमा हामीलाई सत्तामुखी बनाउन उक्साउने प्रवृत्ति अहिले पनि राष्ट्रवादीहरुलाई एक हुन नदिन लागिपरेका छन्- कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्पूर्ण राष्ट्रवादीहरुको साझा पार्टी राप्रपा नेपाल भएको भन्दै २०६३ को परिवर्तन पछि संघीय,धर्मनिरपेक्ष गणतन्त्र नेपालको निम्ति उपयुक्त हुँदैन भन्ने मान्यताका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना तथा संघीयताको खारेजीलाई मुख्य एजेन्डा बनाएर राप्रपा नेपाल स्थापना भएको स्मरण गरेका छन् ।

जनताको विश्वासबाट २०७० सालको चुनावमा राप्रपा नेपाल देशको चौथो ठूलो शक्ति बनेको भन्दै थापाले २०७३ पछि पार्टी ठूलो बनाउने नाउँमा गलत प्रवृत्तिसँग सम्झौता गर्दा हामीले बाटो बिराएको समेत स्विकार गरेका छन् ।

सिद्धान्तनिष्ठ र जुझारु दलको पहिचान बनाएको राप्रपा नेपाल सत्तामुखी र जुनसुकै सरकारमा जाने अवसरवादीमा परिणत भएकोमा दुख ब्यक्त गर्दै थापाले पार्टी अध्यक्षको नाताले ती गल्तीहरुको नैतिक जिम्मेवारी आफुको भएको समेत बताएका छन् । “ती सबै गल्तिहरु सच्याएर अघिबढ्न खोज्दा हामी नै बिस्थापित भयौँ।राष्ट्रवादी शक्ति छिन्नभिन्न भयो।” थापाले भने ।

अहिले संघीय धर्मनिरपेक्ष गणतन्त्रप्रति जनतामा वितृष्णा बढिरहेको बेला हामी भने विभाजित भएको भन्दै उनले अहिले संघीय,धर्मनिरपेक्ष गणतन्त्र असफल भएको , जनता विकल्पको खोजीमा रहेको चर्चा गर्दै थापाले जनता हिन्दुराष्ट्र र राजसंस्था स्थापना होस्,संघीयता खारेज होस्,भष्ट्रचारीलाई कारवाही होस् भन्ने चाहिरहेको बताउदै थापाले यदी सम्पूर्ण राष्ट्रवादीहरु एकजुट हुने हो भने केही महिनाभित्रै हिन्दुराष्ट्र र राजसंस्था स्थापना हुने सनेत दाबी गरे ।

विगतमा हामीलाई सत्तामुखी बनाउन उक्साउने प्रवृत्ति अहिले पनि राष्ट्रवादीहरुलाई एक हुन नदिन लागिपरेका भन्दै थापाले ती शक्तिहरु एक्लाएक्लै आन्दोलन गर्ने नाउँमा भ्रष्ट व्यवस्थालाई घुमाउरो पाराले सघाईरहेका समेत आरोप लगाएका छन् । थापाले आज सामाजिक सन्जालमा लामो टिप्पणी लेख्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको अभियानमा एकजुट हुन राष्ट्रवादीहरुमा अनुरोध गरेका छन् ।




भर्खरै