• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुन लागेको इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको हो ।

यस्तै, रास्वपाले बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने भाग नलिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए ।

गत भदौ २५ गते इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएको थियो ।