• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

फरार थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु



symbolic picture

धनगढी । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

थुनुवा कक्षबाट भागेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवरलाई पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले कुँवरलाई पक्राउ गरेको थियो । भागेर भारत पुगेका उनलाई भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।