१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने थिएँ: राष्ट्रियसभा अध्यक्ष उम्मेदवार शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको हो । उहाँले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताउनु भयो । उहाँले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हारपनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्वपूर्ण होइन । मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरुभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइन । संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद नियमावली अनुसार नै अगाडी बढाउने थिएँ सभालाई ।’

उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको प्रश्ताव र काँग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।