१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन: उम्मेदवार दाहाल

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन: उम्मेदवार दाहाल
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताउनुभएको हो । उहाँले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पुर्‍याउन आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि बताउनुभयो । दाहालले तत्काल बनाउनुपर्ने कानूनहरुमा ध्यान दिइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कतिपय अपूरा कामहरु छन्, त्यसलाई पूरा गर्ने कुरा । विशेषगरी अहिले तत्काललाई केही विधेयकहरु पास गर्नु छ । कानूनहरु बनाउनु छ । त्यस विषयमा गम्भिरताका साथ छलफल पनि भइराखेकै छ । पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ । राष्ट्रिय सभाप्रति अहिले बुझाइ जुन ढंगको छ नि, संविधानमा लेखेको विषय र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुनखालको अन्तरजस्तो देखिएको छ, त्यसकारण राष्ट्रिय सभालाई संविधानत्: जे उल्लेख गरिएको छ । जुन मान्यताका साथ राख्न कोशिस गरिएको छ, त्यो स्तरमा राष्ट्रिय सभामा पुर्‍याउनुपर्छ भन्ने मलाई लागिराखेको छ । तस्रो कुरा, समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ ।’

‘त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुनसक्छन् । त्यसमा सबै राजनीतिक दलहरुसँग मिलेरै एकतावद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ । म राष्ट्रिय सभामा मनोनीतबाट आएको हो । म कुनै पार्टीबाट आएको होइन, कानूनी रुपमा त्यो छ । यो दुई वर्षमा म बस्दाखेरी पनि अलग्गै बसेँ । पार्टीको बिचमा म बसेको छैन नि । त्यसकारण मलाई अभ्यास भइराखेको छ । पार्टीभन्दा फरक ढंगले नै यहाँ उपस्थित हुँदा । पार्टीको त्यहाँ कुनै छाँया आउनुभएन र हाम्रा कुनै अभिव्यक्तिहरु, हाम्रा काम कारबाहीहरु र हाम्रा व्यवहारहरु हिजो पार्टीमा हुँदाभन्दा फरक भइहाल्छ । कानूनी रुपमा चल्नुपर्छ भन्ने म मानसिक रुपमा तयार छु । त्यसकारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन ।’

दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीको प्रश्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा(एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।