१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध ठाकुरमोहनले दिए प्रहरीमा जाहेरी



अ+ अ-

काठमाडौं । पार्टी कार्यालयभित्रै कुटाई खाएका राप्रपा कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले प्रहरीमा जाहेरी दिएका छन् ।

पार्टी महामन्त्री विक्रम पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको भन्दै श्रेष्ठले प्रहरीमा जाहेरी दिएका हुन् ।

आईतबार बिहान राप्रपा कार्यसम्पादन समितिको वैठकपछि खाना खान निस्कने क्रममा पूर्वएआईजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो । वैठकबाट निस्किँदै गर्दा राप्रपा सहायक महामन्त्री तथा विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायरले हात मिलाउने बहानामा रोकि आफूमाथि मुक्का प्रहार गरिएको श्रेष्ठले बताएका छन् ।

वैठकमा पाण्डे र ठाकुरमोहनबीच वादविवाद भएको थियो । वादविवादपछि अध्यक्ष राजेन्द्र लिङ्देनले व्यक्तिगत आरोप प्रत्यारोप नगर्न सुझाव दिएका थिए । त्यसपछि बैठक बहिष्कार गर्ने चेतावनीसहित बाहिरिएका पाण्डेले एक दर्जनभन्दा बढी मानिसहरु बोलाएर ठाकुरमोहनमाथि आक्रमण गरेका बताईएको छ ।

सार्वजनिक भिडिओमा विक्रम पाण्डे निकटका युवाहरु आक्रमणमा संलग्न देखिएका छन् । भिडिओमा राप्रपाको काठमाडौं क्षेत्र नम्बर ४ को अध्यक्ष रिद्दिप्रताप राणा, हिम्मतजंग कार्की र विद्यार्थी नेता निराजन बम पहिचान गरेका छन् । उनीहरुविरुद्ध ठाकुरमोहनले जाहेरी दिएका हुन् ।