३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको चुनाव चिह्न ‘तीर’



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले आगामी स्थानीय चुनावका लागि ‘तीर’ चिह्न रोजेको छ । निर्वाचन आयोगले उपलब्ध गराएका चिह्नहरुमध्ये राप्रपा नेपालले ‘तीर’ रोजेपछि उसले सो चिह्न पाएको हो । पार्टी अध्यक्ष कमल थापाले आफूले रोजेको चुनाव चिह्न नपाएपछि ‘तीर’ चिन्ह रोज्नुपरेको बुधबार भएको जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बताए । उनले स्थानीय निकायको निर्वाचनमा धेरैभन्दा धेरै उम्मेदवार उठाउन र तयारीमा जुट्न निर्देशन दिए ।

आज भएको जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा अध्यक्ष कमल थापाले आफूले रोजेको चिन्ह नपाए पछि तीर रोजेको बताए । यसैबीच राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले पार्टीले पाएको चुनाव चिह्न ‘तीर’ को सनातन हिन्दू धर्म, संस्कृति र प्रकृति पूजनमा गहन महत्व रहेको बताएका छन् । उनले आज एक ट्विट गर्दै यो चुनाव चिह्नले सनातन धर्म पुनःस्थापना गर्ने राप्रपा नेपालको कार्यनीतिको कार्यान्वयनमा महत्वपूर्ण रहने विश्वास बढाएको बताए ।