११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पार्टी कार्यालयमा पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ: अध्यक्ष लिङ्देन

पार्टी कार्यालयमा पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छ: अध्यक्ष लिङ्देन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु अपराधिक घटना भएको बताउनुभएको छ ।

आईतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताउनु भयो ।

उहाँले पार्टीले दोषिउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँले पार्टीले अनुसन्धान गरेर दोषिलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताउनु भयो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा छलफल भएको बताउनु भयो । त्यस्तै बैठकमा नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा पनि छलफलहरु भइराखेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘देशको समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा, नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा व्यापक छलफलहरु भइराखेको छ । अहिले पछिल्लो समयमा समसामयिक राजनीतिक परिस्थिति र आन्दोलनको बारेमा कुरा राख्ने क्रम चलिराखेको छ । भोलि अरु सबै निष्कर्षहरु आउँछन् । झडप अप्रत्यासित रुपमा भयो । किन भयो भन्ने कुराको खोजिनीति पनि भइराखेको छ । त्यो राजनीतिक र पदाधिकारीबीचको विवाद भन्दापनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ । र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ । पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्यासित रुपमा जुन आक्रमण भएको छ, सिसिटिभि फुटेज, अन्य सञ्चार माध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ । त्यो नितान्त अपराधिक घटना हो । त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ ।’

शनिवारदेखि जारी राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको बैठक सोमवारपनि बस्ने उहाँले जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल