• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको हो ।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन् ।

उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन् । नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए ।