• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

युद्धस्तरमा काम गर्नुपर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ: महामन्त्री थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको बताउनुभएको छ ।

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको कुर्सी बन्नु भन्दा पहिलादेखि नै हल्लिएको बताउनु भयो । उहाँले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गर्नुभयो । उहाँले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताउनु भयो । उहाँले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गर्नुभयो । उहाँले राजनीति विकृत बनाएको कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालमा थुप्रै आलको अनुभवहरु बटुलेका छौँ । अब यो अनुभवबाट नेपालका मुख्य दलहरुलाई नेपाली काँग्रेस, नेकपा एमाले जस्तो ठूलो राजनीतिक दलहरुलाई एउटा राम्रो पाठ यसले सिकाएको छ । हाम्रो यो चुनाव भन्दाअघि उसले उसलाई, उसले उसलाई, कहिले एउटाले अर्कोलाई बोकेको छ, कहिले कसलार्ई बोकेको छ । त्यसलाई बाहिर निकाल्नुपर्छ । हाम्रो निर्वाचन प्रणालीलाई पनि ठिक बनाउनु पर्छ । किनकी यो ठिक नहुँदै गर्दा नेपालले प्राप्त गरेको अवसर गुमाउने भयो । १४/१५ वर्ष मात्रै हामीसँग बाँकी छ । त्यसपछि नेपाललाई बुढ्यौली लाग्छ । हामीले त वार फिटिङमा काम गर्नुपर्छ ।’

‘प्रत्येक दिन, प्रत्येक रात, नेपालको प्रधानमन्त्रीले, नेपालको वडाध्यक्षले, मेयरले, प्रत्येक सांसदहरुले वारको बेलामा जस्तो काम गर्नुपर्छ । भूकम्प आयो भने, ठूलो विपद् आयो भने हामी कसरी काम गर्दछौँ, उद्धार गर्छौं, लाग्छौँ भिड्छौँ । त्यस्तो वार फुटिङमा काम गर्नुपर्नेमा हाम्रो ध्यान सरकार टिकाउन, बदल्न, गएको छ । पूरै फोहोरी खेलमा गएको छ । अब अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि बन्नु भन्दा पहिलादेखि कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले । त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ ? त्यो डर हाम्रो राजनीति विकृत बनाएको कारणले हो ।’

महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताउनु भयो ।