२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस्: काँग्रेस सांसद शर्मा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चेतावनी दिनुभएको छ ।

आईतवार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले प्रतिपक्षमा रहँदा एमाले सांसदहरुले सो विधेयक पुनर्लेखन गर्नुपर्छ भनेकाले सोही मान्यता अनुसार अघि बढ्नुपर्ने बताउनुभएको हो । सांसद शर्माले नयाँ सत्तासमिकरण भत्काउने खेल भईरहेको भन्ने काम सत्तारुढ दलहरुबाटै आएको उल्लेख गर्दै ती शक्ति किटान गर्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादी केन्द्रले सत्ता राजनीतिमा पनि बालहठ देखाइरहेको आरोप पनि लगाउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘तत्कालीन माननीय अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८१ सदनमा प्रश्तुत गरेपछि यो ठिक भएन, पुनर्लेखन गर्नुपर्छ भनि एमाले पार्टीका सांसद मित्रहरुले उठाएका आवाज मेरो कानमा आज पनि ठोक्किइरहेको छ । आज म स्वयं यस रोष्टममा उभिएर सक्नुहुन्छ भने पुनर्लेखन गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।’

सांसद शर्माले संविधान मिच्ने र त्यसको बिरोधमा सडक आन्दोलन गर्नेहरुबीचको नयाँ सत्ता समिकरणले आफूहरु अचम्ममा परेको पनि बताउनु भयो ।