१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

हाते कागज उत्पादनमा समस्या

हाते कागज उत्पादनमा समस्या
अ अ+ अ-

मङ्गलबारे । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ ।

अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो) र लोक्ता प्रशोधन गरेर हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराईमा आएर उद्योग सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ ।

उच्च पहाडी क्षेत्रमा पाइने लोक्ता र अर्गेली प्रशोधन गरी बनाइने हाते कागज उद्योग मौसम अनुकूल नहुँदा सञ्चालनमा कठिनाइ भएको छ । इलाममा करिब आधादर्जन उद्योग दर्ता भए पनि नियमित रुपमा एउटा उद्योग मात्र सञ्चालनमा रहेको छ ।

हाते कागज सरकारी कामकाजमा प्रयोग हुँदै आएको छ । यसका लागि आवश्यक कच्चापदार्थ जिल्लामा प्रशस्तै उत्पादन भए पनि अनुकूल मौसम नहुँदा उद्योग फस्टाउन सकेका छैनन् । लोक्ता उच्च पहाडी क्षेत्रमा उत्पादन भए पनि सुकाउन घाम आवश्यक पर्दछ ।

उच्च पहाडी क्षेत्रमा नियमित घाम नलाग्दा उत्पादनमा समस्या हुने गरेको उद्योग सञ्चालक फागोले बताउनुभयो । तराईमा जाडोयाममा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने भएकाले हाते कागज उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । पहाडमा मौसम अनुकूल नहुँदा उद्योग सञ्चालनमा आएर पनि बन्द हुने गरेका स्थानीय बताउँछन् ।

क्षेत्रबाट कच्चापदार्थ लेकाली तराईमा ल्याएर उद्योग सञ्चालन गर्ने गरिएको छ । सोही कामका लागि नौ कठ्ठा जमिन खरिद गरेर उद्योग सञ्चालन गरिरहेको दिलमाया चेम्जोङले बताउनुभयो । उहाँले ढुवानीमा नै बढी रकम खर्च हुने गरेको सुनाउनुभयो । उहाँका अनुसार हाते कागजबाट धूप बनाइने भएकाले पातलो कागज बढी बिक्री हुने गरेको छ ।

सरकारी कार्यालयमा तमसुक लेखनका लागि पनि पहाडे कागजको माग हुने गरेको पाइन्छ । बढी मात्रामा झापाको दमक, विर्तामोड र धरान तथा पोखरामा यसको माग हुने गरेको उद्यमीको भनाइ छ । वार्षिक रू ४० लाख सम्मको कारोबार लिने गरेको चेम्जोङको उद्योगमा दश जनाले रोजगारी पाएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा केही उद्योग दर्ता भए पनि एउटा मात्र सञ्चालन भइरहेको छ । आधुनिक प्रविधिको प्रयोग, कच्चापदार्थको सहज पहुँचलगायत व्यवस्था गर्न सके उद्योग थप प्रभावकारी र नाफामूलक बन्दै जाने उद्योगीको भनाइ छ ।

जापानमा पैसा छाप्न प्रयोग हुने यस प्रकारको कागज जापानलगायत विदेशमा समेत जाने गरेको छ । सरकारले किसान तथा उद्योगीलाई पर्याप्त सहयोग सहयोग गर्न नसकेको उनीहरुको भनाइ छ ।

यो कागजमा लेखिएको कुरा लामो समयसम्म पनि रहिरहने भएकाले यसको प्रयोग बढ्दै गएको छ । गाउँघरमा प्रशस्तै कच्चापदार्थ पाइने भए पनि मौसम अनुकूल नहुँदा उत्पादनमा समस्या भइरहेको उद्योगी बताउँछन् । सरकारलेले यस्ता उद्योग विस्तार तथा संरक्षणका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्ने उद्योगी फागोले बताउनुभयो । रासस