२७ श्रावण २०८३, बुधबार
,
Latest
सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ ।

आईतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोक्नुभएको हो । उहाँले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिनुभयो ।

बैठकमा बोल्दै उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सुचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।