२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ ।

आईतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोक्नुभएको हो । उहाँले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिनुभयो ।

बैठकमा बोल्दै उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सुचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।