११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

इलामको रमणीय पाखामा नेपथ्य

इलामको रमणीय पाखामा नेपथ्य
अ अ+ अ-

काठमाडौं: सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ । 

चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सुर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदैछ । लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ ।

जतिबेला नेपालमा काठमाडौं उपत्यका बाहिर विरलै वृहद् साहित्यिक कार्यक्रम हुन्थ्यो त्योबेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारहरु भेलाभएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ ।

नेपथ्यले आफुलाई प्रस्तुत गर्नलागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो ।

कुनै समय आयामेली लेखक इन्द्रबहादुर राइ अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंहजस्ता हस्तीहरु प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्याश २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए ।

यो मैदानमा वर्षेनी राष्ट्रिय स्तरकै फुटबल प्रतियोगीता समेत आयोजना हुदै आएको छ ।

‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफुलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसपटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ ।’

मेची राजमार्गसँगै जोडिएको यो विद्यालय फिक्कल भएर इलामबजारतर्फ जाँदा बाटैमा अर्थात् सूर्योदय नगरपालिका अन्तर्गत पर्छ । कुनै समय दुइ वर्षसम्म जिल्लाको सदरमुकाम (खलंगा) रहेको यो स्थान बिक्रम सम्वत १८७५ सालमा नामसालिङहुदै हालको सदरमुकाम अर्थात इलाम बजारमा सरेको हो ।

नेपथ्यले मुलुकका स–साना गाउँवस्ती हुदै विश्वका ठूला सहरहरुसम्म आफुलाई प्रस्तुत गर्दैआएको छ । नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्याण्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरुमा ८० भन्दा बढी साँगीतिक प्रस्तुती दिइसकेको छ । करफोकको प्रस्तुती पनि केहि महिनाअघि मात्र जापान र क्यानाडाका श्रृंखलावद्ध भ्रमण सम्पन्न भएपछि र अब केहि समयमै युरोपको अर्को श्रृंखलावद्ध कन्सर्ट आयोजना हुनुको मध्यमा आयोजना गर्नलागिएको हो ।

‘केहि वर्षअघि मात्र करफोक छेवैको सानो सहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना मेरोनिम्ति अझै ताजा छ,’ अमृत भन्छन्, ‘त्यहाँ पुरानो सिनेमाहलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मिठो लाग्छ ।’

शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुनलागेको हो । इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । सभाकक्ष, पुजा हल, भण्डार र पाहुना कोठासहित तीनतल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भइ सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।

‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केहि कोषको व्यवस्था गर्नेछ,’ गुम्बाका निर्माण समिति अध्यक्ष हरि गुरुङ भन्छन्, ‘अर्कोतर्फ संगीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’ कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्नलागेको हो ।
करफोक कन्सर्टमा टिकटको मूल्य एक हजार एक सय रुपैयाँ राखिएको छ ।

कन्सर्टका हकमा विदेशका ठूला सहरहरुमा आयोजना हुने गुणस्तरलाई नेपालका साना गाउँवस्तीसम्म पनि एकरुपता दिन आफुहरु सदैव क्रियाशील रहेको र करफोकमा पनि दर्शकले यसलाई महशुस गर्नसक्ने जानकारी नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका अर्पण शर्मा बताउँछन् ।

‘पूर्वाञ्चलका विभिन्न सहरहरुमा टिकटको खुला विक्रीवितरण सुरुभइसकेको छ,’ शर्मा भन्छन्, ‘त्यसबाहेक नेपथ्य कै वेबसाइट www.nepathya.com.np मार्फत् अनलाइनबाटै पनि टिकट किन्न सकिने प्रवन्ध मिलाइएको छ ।’

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।