४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, एक लाख २६ हजार पुग्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले लगातार आज पाँचौ दिन पनि नयाँ रेकर्ड बनाएको छ । आईतबार प्रतितोला एक हजार रुपैयाँले बढ्दै सुनले नयाँ रेकर्ड बनाएको हो ।

आइतबार छापावाला सुन प्रतिलोला एक लाख २६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्म कै उच्च मूल्य हो । यसअघि शुक्रबार छापावाल प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत मंगलबार तोलाको एक लाख २३ हजार रुपैयाँ मूल्य कायम भई सुनले नयाँ रेकर्ड बनाएको थियो । बुधबार एक लाख २३ हजार ५ सय र बिहीबार एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आईतबार चाँदी प्रतितोला ५ रुपैयाले बढेर एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।