४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ ।   

सोही अवधिमा कोरोना  सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस सङ्क्रमणका  कारण मृत्यु भएको छ ।  

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ ।  मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४।५९ प्रतिशत भएको जनाइएको छ । 

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ   । 

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ । (रासस/एएनआई)