• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल

घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा काँग्रेस लाग्दैनः महामन्त्री शर्मा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउनु भयो । उहाँले काँग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्याउनेतर्फ नलाग्ने बताउनु भयो । उहाँले काँग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताउनु भयो ।

उहाँले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले काँग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भुमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा काँग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सभापतिज्युलाई भनेका छौँ । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरु भनियो, हाम्रा मन्त्रीज्युहरुले काम गरेनन् भनने अभियोग छ, मैले प्रश्तुत गरेको प्रतिवेदनमा पनि काँग्रेसका कतिपय काँग्रेसबाट मन्त्री बनेकाहरुको भुमिका प्रभावकारी छ र कतिपयको छैन नै भनेको थिएँ । तर कुन मन्त्रीको के भुमिका चित्त बुझ्दो भयो, कुन मन्त्रीलाई बिदाई गर्न जरुरी छ, कुन मन्त्रीलाई राख्ने भन्नेकुरामा एउटा मन्त्रीले शपथग्रहण गरेपछि एक वर्षको समय पनि नपाउने ? काँग्रेसको कुन मन्त्रीजीको एक वर्ष पुगेको थियो । काँग्रेसको एक वर्ष पुगेको थिएन । प्रधानमन्त्रीको त एक वर्ष पुगिसकेको अवस्था थियो ।

हामी के चाहिरहेका थियौँ भने कम्तीमा मन्त्रीहरुको पनि समीक्षा गरेर एउटा निश्चित समयमा विकल्प गर्न सकिन्छ भनेको थियौँ । तर प्रधानमन्त्रीज्युले त्यसमा हतारो गर्नुभयो । काँग्रेसतिर फर्किएर भन्दा तपाईहरुले पनि हे काँग्रेस अहिले जनताको चाहना र भावना बमोजिम जनताका मुद्दा लिएर संसदमा खरो रुपमा उभ । शिक्षा विधेयक कसैले पास गर्दैनौँ भन्छ भने पर्खाल भएर उभिएउ ।

प्रतिपक्षको खरो भुमिका भएर उभ । कसको कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा काँग्रेस नलागोस् भन्नेकुरा भन्नुपर्छ । कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरुसँग गएको कुरा आउँछ । धार्नी पु¥याउनेतर्फ लागौँ भन्ने पनि आउँछ । धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।’

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताउनु भयो ।