• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली ★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइन: ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उहाँले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिनुभएको हो । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गर्नुभयो । ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । त्यस्तो हल्ला चल्ने गरेको छ । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरु उहाँहरु मन्त्री भईसक्नु भएको छ । माननीय भइसक्नु भएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ? व्यवस्था परिवर्तन भयो, अरुथोक केही भएन ? आज ४० प्रतिशत महिलाहरु सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् विभिन्न ठाउँहरुमा । यसमा अनेमसंघको अग्रणी भुमिका छ । महिला दिदीबहिनीहरुको भुमिका छ । ३३ प्रतिशत सरकारी क्षेत्रमा व्यापक कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ । अरु ठाउँहरुमा, जागिरहरुमा आरक्षण गरिएको छ । यसमा कतिपय कुराहरु झन्डै झन्डै ३३ प्रतिशत महिलाहरु भनेपछि ठयाक्कै त्यसैमा रोकिदिने खालको बनेको छ । अहिलेनै पनि हामीले संसदमा ३० प्रतिशत भनेपछि ३० प्रतिशत भनेपछि अर्कोको कतिकति प्रतिशत भनेर जानुपर्ने र त्यसबाट भयो भने त ठिकै छ । तर त्यहाँ महिलाको छुट्टै छ । समानुपातिकमा पनि आरक्षण गर्दा यसमा महिला, पुरुष भनेर तोकितोकि गरिएको छ । जसले गर्दा कम्तिमा यति महिला भन्दा हुन्थ्यो, ठयाक्कै त्यति भन्दा त्यो भन्दा बढि बढाउने ठाउँ हुँदैन । त्यस्तो खालको बनेको छ । यो हामीले गरेको कुरा होइन, यसलाई सच्याउनु पर्छ । न्युनतम ३३ प्रतिशत । अव सामान्यतया सशक्तिकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्‍याउने बाटोमा जानुपर्छ । अवस्था परिवर्तन भएको छ । अवस्था फेरिएको छ । अवस्था पहिले भन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्‍याउने हाम्रो अगाडि जिम्मेवारी छ । र म हाम्रो पार्टीको तर्फबाट पनि भन्न चाहन्छु कि हाम्रो पार्टी यस आन्दोलनमा अग्रणी स्थानमा रहेको छ । संविधान निर्माणमा, कानुन निर्माणमा, अग्रणी स्थानमा रहेको छ । महिला सशक्तिकरणका लागि, जागरणका लागि, महिलाको हिस्सेदारीका लागि, महिला आरक्षणका लागि, सबै कुरामा हाम्रो पार्टी अग्रभागमा रहेको छ । त्यसअर्थ म फेरि पनि भन्न चाहन्छु–यो सामाजिक न्याय र समानताको आन्दोलनमा मेरो पार्टी नेकपा एमाले यो सदैव अग्रस्थानमा नै रहनेछ । ’

अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर-रासस