• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु



एजेन्सी । पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

ह्युमन रिप्रोडक्सनमा प्रकाशित एक रिसर्च अनुसार अधिकांश पुरुषहरुलाई आफ्नो प्रजनन क्षमताको बारेमा केही पनि जानकारी हुँदैन् । बिग्रदो जीवनशैली र प्रदुषण पनि पुरुषको प्रजनन क्षमतामा कमी आउनुको मुख्य कारण हुन् ।

टाइट कपडा पहिरिनु

सधैं टाइट कपडा पहिरिनाले अण्डकोशको थैलीको तापक्रम बढ्छ जसको कारणले स्पर्म काउन्ट घट्न थाल्छ ।

सोयाबिन जन्य खानाहरु

हार्वड स्कूल अफ पब्लिक हेल्थले गरेको एक रिसर्च अनुसार धेरै सोयाबिन जन्य खानाहरु खानुहँदैन । यसमा हुने आइसोफ्लेवोनले स्पर्मको सङ्ख्या घटाँउछ ।

तनावमा रहनु

लगातार तनावमा रहनुले शरिरमा हार्मोनल असन्तुलन हुन्छ र साथमा शरिरको रक्त सञ्चार बिग्रिन्छ । यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।

नियमित मदिरा सेवन गर्नु

मदिरा, चुरोट र अन्य कुनै प्रकारको नशा लिनुले शरिरमा स्टे«स हार्मोनको लेभल बढ्छ यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।

ल्यापटप काखमा राखेर काम गर्नु

यदी नियमित ल्यापटप काखमा राखेर काम गर्नुहुन्छ भने यसको तातो अण्डकोशको थैलीसम्म पुग्छ । लामो समयसम्म यस्तो गर्नाले स्पर्म काउन्ट घट्छ ।

पर्याप्त निन्द्रा नपुर्याउनु

नियमित थोरै भन्दा थोरै सुत्नाले शरिरमा तनाव बढाउने वाला हार्मोनको लेभल बढाँउछ । यसले शरिरमा रक्त सञ्चार बिग्रिन्छ जसको कारणले स्पर्म काउन्ट कम हुँदै जान्छ ।

धेरै कफि पिउनु

म्यासाचुसेट्स जनरल हस्पिटलले गरेकोको रिसर्च अनुसार धेरै कफि पिउनु पनि पुरुषहरुको लागि हानिकारक छ किनभने यसमा भएको

क्यफिनले स्टेर्स हार्मोन बढाँउछ जसले स्पर्म काउन्ट घटाँउछ ।