१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भट्टको हत्यामा संलग्न किशोरको उमेर पत्ता लगाउन वडा र स्कुललाई प्रहरीको पत्राचार



अ+ अ-

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा संलग्न किशोरको उमेर एकिन भइनसकेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन । बुधवार प्रहरीले ती किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिको हुन सक्ने ठानेर औपचारिक रूपमा नाम सार्वजनिक गरेको छैन।

१८ वर्षभन्दा मुनिको व्यक्तिलाई हिरासतमा राख्न पनि नपाइने कानुनी व्यवस्था रहेको छ । प्रहरीले ती किशोरलाई सार्वजनिक गर्दा किशोरको अनुहारमा नकाव लगाइएको थियो। 

प्रहरीका अनुसार ती किशोर दोगडाकेदार गाउँपालिका-७ कै हुन् । उनि सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ पढ्ने गरेका थिए। प्रहरीलाई उनको उमेर एकिन गर्न वडा कार्यालय र स्कुलमा पत्र लेखिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

ती किशोरलाई मंगलबार साँझ प्रहरीले घरबाटै पक्राउ गरेको थियो। किशोरले हत्या गरेको स्वीकार गरेपनि किशोरले भने आफूले बलात्कार नगरेको प्रहरीलाई बताइरहेका छन्। पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको प्रमाणित भएको हो ।