• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन ★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण ★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी

महाशिवरात्री पर्व: पशुपति क्षेत्रमा यसरी हुदैछ ट्राफिक व्यवस्थापन



काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा आज राती देखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी  साधनलाई  डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ  । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:–

चाबहिलबाट गौशालातर्फ ।आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:–
 पुरानो बानेश्‍वरबाट गौशालातर्फ । 
 ज्ञानेश्‍वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
 द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग । 
सिफल चौरबाट जय बागेश्वरीतर्फ ।
 लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
 गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ । 
 तिलगंगाबाट गौशालातर्फ । 
मालवाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ । 
 जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाटतर्फ ।
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग । 
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ ।

तर मालवाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरूका निजी सवारी साधनहरूलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने छ ।

मालवाहक सवारी साधनलाई गरिने डाइभर्सन

कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने,
 कोटेश्वर तीनकुने हुदैं पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यवस्थापन गरिने ।
महाराजगन्ज, चाबहिल हुदैं पशुपति वरपर जाने मालवाहक सवारी साधनहरू धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल  हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङको व्यवस्थापन गरिएका स्थानहरूपार्किङको व्यवस्थापन गरिएका स्थानहरू

 सिफल चौर (दर्शानार्थीहरुको)
 कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 तिलगंगाको खाली स्थान र करिडोरमा (तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरू)
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 गुह्येश्वरी पारी (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरू)

जनशक्ति परिचालन

 महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन ड्युटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
 यस बाहेक विशिष्ट व्यक्तिहरूको भ्रमण व्यवस्थापन र अन्य स्थानहरूको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ति परिचालन गरिने छ ।