• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   ‘म मेरो सुटकेसमा बन्दुक बोकेर हिँड्छु’ ★   बत्तिसपुतली हत्या प्रकरण: पक्राउ परेका चार नाबालक ★   विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला ★   अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो ★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

मुद्दा चलिरहेको व्यक्तिलाई देशको गृहमन्त्री बनाएकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति



काठमाडौँ । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले आपत्ति प्रकट गर्नुभएको हो । उहाँले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै नयाँ समीकरणबाट नयाँ सरकार बनेको छ । यो नयाँ सरकारमा नयाँ मन्त्रीज्युहरु आउनुभएको छ । उहाँहरुको पनि कार्यकाल सफल होस् । यो नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेलोस् । तर बनेको यो गठबन्धन सरकारको बारेमा अलिकति फरक विचार छ । हिजो जुन गठबन्धन बनेर देशको नेतृत्व हाँकेको थियो । हाम्रो पार्टी यो गठबन्धन गर्नु गलत भयो भन्ने पक्षमा छ ।’

‘हिजो के कारणले गठबन्धन भएको थियो र आज राजनीतिक समीकरण बदलेर हाम्रो प्रधानमन्त्रीलाई रातारात के त्यस्तो दबाब आयो, उहाँले थेग्न सक्नुभएन र समीकरण बदल्नुभयो, यो आश्चर्य लागेको छ । मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ । त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरु छन् । सहकारीमा घोटाला भएका मुद्दाहरु जीवितै छ । स्वयं उही व्यक्तिलाई गृहमन्त्रालय सुम्पिने काम भएको त्यो स्वभाविक रुपमा स्वीकार्न सकिने कुरा होइन । यसमा हाम्रो पार्टीको आपत्ति छ ।’

उहाँले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेल्न सुझाव दिनुभयो ।