२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा र प्रजातन्त्र सङ्ग-सङ्गै रहनुपर्छ,राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन:- कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफुहरुले राजाको कुरा उठायर निरङ्कुशता नखोजेको बताएका छन् । राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको बिषयले पनि कोहि आत्तिनु नपर्ने बताए ।

“सबै धर्मलाई समान व्यबहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अबधारणा हो” थापाले भने । समग्र रुपमा भन्दा अहिलेको ब्यबस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यबस्था, भ्रष्ट शासक र फोहरी राजनितीको अन्त्य आबश्यक भएको समेत थापाले औल्याए ।

गठबन्धनको परिबर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अबस्था थप कमजोर हुँदै जाने समेत उहाँको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो । पार्टी आबद्ध पुर्ब प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पुर्ब प्रहरीहरुको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरुमा जिल्ला अध्यक्षहरुको जिम्मेवारी तोकिएको जानकारी दिए ।