• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

सत्ता केन्द्रित पार्टीहरुलाई राप्रपाको चेतावनीः पर्सि नै राप्रपा चाहियो भन्ने दिन नआओस्



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खाजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गर्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताउनु भयो । उहाँले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताउनु भयो । उहाँले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भन्नुभयो । त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ । हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौँ । राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्नेकुराको भ्रम नरहोस् । त्यसलाई नोटिसमा राखेका छौँ । तपाईको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् । हामी यो सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टी हो ।’

उहाँले समग्र देशको अवस्था ठिक नरहेको बताउनु भयो । उहाँले देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको बताउनु भयो ।