• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता



चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ । एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहनुभएका दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो ।

दाहालले दिनुभएको जानकारीअनुसार भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गर्नुभएको थियो । भरतपुर महानगरपालिकाल सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षकारुपमा मनाइरहेको छ ।

सो भेटपश्चात् निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गर्नुभएको दाहालले जानकारी दिनुभयो । रासस