• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद्को बैठक: के के भयाे निर्णय ?



काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।

बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ । जसअनुसार मन्त्री चौधरी कार्यक्रममा सहभागी हुन अमेरिकाको न्युयोर्क जानु हुने छ ।

यस्तै अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय पनि भएको छ। गुरागाई शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय भएको छ।

फोटो- प्रधानमन्त्रीको सचिवालय