११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

शिक्षामन्त्री पदबहाली: विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने निर्णय

शिक्षामन्त्री पदबहाली: विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने निर्णय
अ अ+ अ-

काठमाडौँ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको निर्णय गर्नुभएको छ ।

सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरुपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको प्रारम्भिक काम गर्न निर्देशन दिनुभयो । सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले युवाहरु उच्च शिक्षाका लागि किन विदेश जान्छन् भन्ने विषयमा सर्वेक्षण गरी नीतिगत निर्णय लिने, शिक्षामा सुधार गर्न तथा अन्य सवालमा मन्त्रालयका अधिकारीसँग छलफल गरी प्राथमिकताका विषय तय गर्ने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० लाई प्रदेशमा छलफलमा लैजाने समितिको निर्णयलाई सहजीकरण गर्ने उल्लेख गर्दै शिक्षाजस्तो पवित्रस्थलमा काम गर्ने अवसरका लागि भाग्यशाली रहेको बताउनुभयो । उहाँलाई मन्त्रालयका सचिवद्वय सुरेश अधिकारी र प्रमिलादेवी बज्राचार्यले स्वागत गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठको परिचय

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिकतर्फका सांसद श्रेष्ठसँग व्यवस्थापन परामर्शदाता, उद्यमी र अभिन्यताको अनुभव छ । उहाँले काष्ठमण्डप पुन:निर्माण र रानीपोखरी संरक्षण अभियानमा सम्पदाको संरक्षणका लागि स्थानीय तहमा समुदायलाई परिचालन गरी आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

गणितका साथै स्थान विज्ञान (टोपोलोजी) र ज्यामितिका विशेषज्ञ मन्त्री श्रेष्ठ संयुक्त राज्य अमेरिकाको ‘एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्ट क्याम्ब्रिज, म्यासाचुसेटस्बाट ‘मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन’ (एमबिए) उपाधिप्राप्त हुनुहुन्छ । विसं २०७२ अघि मन्त्री श्रेष्ठ अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुप (बिसिजी) मा परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि सोही ग्रुपमा ट्रेड एनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा समेत उहाँले काम गर्नुभएको थियो । विसं २०७२ मा गएको विनाशकारी भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न ग्रुपले उहाँलाई नेपाल पठाएको थियो ।

प्रविधि र अर्थशास्त्रका पनि विज्ञ मन्त्री श्रेष्ठ रोजगारीको सिर्जना गर्ने (विशेषत: प्रविधिको क्षेत्रमा), नेपालको विकासको मुद्दामा प्रवासी नेपालीलाई संलग्न गराउने र राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने लक्ष्यका साथ राजनीतिमा होमिनुभएको हो ।रासस