१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत



अ+ अ-

मलेखु (धादिङ): पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताउनुभयो । प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३९ जना घाइते छन् ।रासस