१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ : अध्यक्ष ओली



अ+ अ-

गलकोट (बागलुङ) : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताउनुभएको छ । धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उहाँले उल्लेख गर्नुभयो ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको उल्लेख गर्दै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एकापसमा जोड्न सकेको बताउनुभयो ।

“दामोदर कुण्ड, मुक्तिनाथ र त्रिवेणीधामलाई पवित्र कालीगण्डकीले जोडेको छ, यहाँको धार्मिक क्षेत्रको प्रसार गर्नका लागि पञ्चकोटमा विशाल महायज्ञ आयोजना भयो, यति ठूलो महायज्ञ सम्पन्न गरेकामा यहाँका सङ्कल्पकर्ता र स्थानीयलाई धन्यवाद दिन चाहन्छु”, अध्यक्ष ओलीले भन्नुभयो, “स्थानीयको मानवीय भावना र मातृत्वलाई संस्थागत गर्न पञ्चकोटले ठूलो योगदान पु¥याएको पाए, पञ्चकोटले पवित्र कालीगण्डकी, शालग्राम शिला र  बह्माण्डको संरक्षणका लागि महायज्ञ आयेजना गर्नु आफैँमा सन्देशमूलक छ ।”

धर्मको नाममा अन्य राष्ट्रमा भइरहेको अत्याचार, हिंसा र अपराधलाई निरुत्साहित गर्दै नेपाली समाज मिलेर बसेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालीको मनलाई धर्मले संस्थागत गर्दै एकापसमा मानवीय भावना पैदा गरेको बताउनुभयो । एउटा व्यक्तिको सङ्कल्पमा पञ्चकोटमा विशाल संरचना तयार भएको भन्दै उहाँले स्वामी कमलनयनाचार्यको प्रशंसा गर्नुभयो ।

अध्यक्ष ओलीले पञ्चकोटको पूर्वाधारका लागि सङ्घीय सरकारले विनियोजन गरेको रु १० करोड उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

सो अवसरमा स्वामी कमलनयनाचार्यले २०७१ फागुन ९ गते पञ्चकोटमा निर्माण थालिएको १०८ फिट अग्लो विश्वशान्ति कलशको शिलान्यास समारोहमा सहभागी भएर अध्यक्ष ओली संस्थापक सदस्यसमेत हुनुभएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वामी कमलनयनाचार्यले पञ्चकोट गृह जिल्लामा मात्र नभएर मुस्ताङ, म्याग्दीसहितका जिल्लामा धार्मिक पूर्वाधार निर्माण गरिरहनुभएको उल्लेख गर्नुभयो ।