११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नाउपा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने

नाउपा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने
अ अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । नाउपाको केन्द्रीय समितिको बैठक २ दिनदेखि बसेर भर्खरै समाप्त भएको उनले बताए । नेता चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए ।

‘यो सत्ता गठबन्धनको सरकारमा धेरै विचार पुर्याएर मात्रै सहभागी हुनुपर्छ । हामी सानो पार्टी । हामी पर्खिन्छौं । हामी गहिराइको मापन गर्ने बेला भएको छैन,’– उनले भने ।

साथै, सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर आफूहरुले बार्गेनिङ नगरेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार बार्गेनिङ नभएर आफूहरुको अधिकार भएको बताए । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि उक्त प्रदेशमा दाबी रहेको बताए । वास्तविक भूमिपुत्रले उक्त प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

साथै, उनले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । नेता चौधरीले टीकापुर विद्रोहमा थारुहरुलाई बदनाम गराइएको बताए ।

‘ती परिवारलाई न्याय दिनका निमित्त विगतदेखि वर्तमानसम्म हामी प्रतिवद्ध छौं । अझ हामी भन्न चाहन्छौं टीकापुर विद्रोहमा थारुहरु बदनाम भए, थारुहरुलाई हत्याराको लोगो लगाइदियो ।’ उनले भने, ‘तर, थारुहरुको निवेदन राज्यले स्वीकारेन । त्यही निर्वाचन आयोगले रेशमलाल चौधरीको मनोनयन स्वीकार गर्यो । तर, प्रमाणपत्र दिएन । न्यायलयले पनि मेरो मुद्दालाई दरपीठ गरिदियो ।’

टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ । उक्त घटनामा धेरै थारुहरुको कानको जाली फुटेको, धेरै चेलीबेटी हिंसामा परेको र सयौंलाई झुठा मुद्दा लगाइएको उनको आरोप छ । ‘टीकापुर घटनाबाट पीडित सयौं बुबाआमाहरुको कानको जाली फुटेको छ । सयौं चेलीबेटीमाथि हिंसा भएको छ । सयौंमाथि झुठा मुद्दा लागेको छ । सुरक्षाकर्मीको परिवारले पनि न्याय पाउनुपर्छ । त्यसको समाधान राज्यले गर्नुपर्छ,’– उनले भने ।
साथै, नाउपाले महाधिवेशनबाट चयन गरेको पदाधिकारीहरुको नामावली अध्यावधिक गर्न निर्वाचन आयोगमा पेश गरेको र उक्त कार्य प्रक्रियामा रहेको बताए । ‘निर्वाचन आयोगको पनि आफ्नो प्रक्रिया हुन्छ । कतिपय कुरा विधानमा मिले नमिलेको हेर्नुहुन्छ । त्यो छानविनको प्रक्रियामा छ,’– उनले भने ।
‘तपाईलाई टीकापुर घटनामा तीनै तहको अदालतले दोषी करार गर्यो । तपाई आफैं पीडितलाई न्याय दिन्छु भनिरहनु भएको छ नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘तीनै तहको अदालतले मलाई दोषी देखायो । यो न्यायलयको कुरा हो । मलाई अदालतप्रति केही बोल्नु छैन ।’

साथै, उनले आफूलाई न्याय दिलाएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई म र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु । जसको कारण मलगायत सबै राजबन्दीलाई रिहा गरिदिनुभयो,’– उनले भने ।

साथै, उनले घुमाउरो भाषामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भागमा आफूले चाहेजस्तै सम्भावना रहेको बताए । कुनै चिज रोज्ने भन्ने लामिछाने स्वयंको इच्छा रहेको उनको भनाइ छ । ‘मैले त आशिर्वादको नजिक–नजिक पो देखेको छु । कताबाटको आशिर्वाद मलाई नभन्नुस् ।’ उनले भने, ‘जे भएपनि रवि लामिछानेको ठाउँमा घिउभात छ, मासु छ, लड्डु छ उहाँलाई जे इच्छा लाग्छ त्यो खानुहुन्छ ।’