• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

‘मन्त्रालय भागबन्डामा अहिलेसम्म सहमति भइसकेको छैन’



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा बुधबार दिउँसो भएको गठबन्धन बैठकमा सहभागी थिए । अन्य दलहरूले मन्त्रालय र मन्त्री हुनेको नाम दिए पनि जसपाले भने नाम दिएको छैन ।

अध्यक्ष यादवले मन्त्रालय भागबण्डाबारे अहिलेसम्म कुनै पनि सहमति नभएको प्रस्ट पारेका छन् ।

८ बुँदे सहमतिबाहेक अहिलेसम्म कुनै सहमति नभएको उनको भनाई छ । गठबन्धन बैठक बसेर सहमति गरी अघि बढ्ने उनले बताए ।

गत सोमबार बनेको नयाँ गठबन्धनमा जसपा पनि सहभागी छ ।