७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय भागबण्डा टुङ्गियो: एमालेलाई उपप्रधानमन्त्रीसहित ८ अन्य कुन पार्टीलाई कति मन्त्रालय ?



अ+ अ-

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार ‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी बाँडफाँट भने सरकारमा सहभागी हुने दलको टुंगो लागे पछि मात्रै निष्कर्षमा पुग्ने कुरा छ।’

जसअनुसार एमालेलाई ८,माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाई दिइने बुझिएको छ।  उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाको भागमा परेको छ ।