११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

महायज्ञमा प्रकृति मन्थन

महायज्ञमा प्रकृति मन्थन
अ अ+ अ-

गण्डकी: प्राकृतिक स्रोतमाथि भइरहेको अनुचित दोहनप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जल, जमिन र जङ्गलबिना प्राणी जगतको अस्तित्व नरहने भन्दै उनीहरुले चराचर जगतको अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका हुन् ।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तीश्री विश्वब्रह्माण्डीय महायज्ञ’अन्तर्गत ‘प्राकृतिक स्रोत र वातावरण’ विषयक राष्ट्रिय बहस कार्यक्रममा पञ्चकोटका परिकल्पनाकार एवं महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पानी नै सभ्यता, संस्कृति र जीवन हो भन्नुभयो । “अबको विश्वले पानीको सङ्कटसँग जुध्नुपर्छ, विश्वयुद्ध भयो भनेपनि पानीकै कारणले हुन्छ, हामी बाँच्नका लागि पनि पानी जोगाऔँ, पानी नै नभएर यो सारा सृष्टिको अस्तित्व कसरी सम्भव होला रु”, उहाँले भन्नुभयो ।

स्वामी कमलनयनाचार्यले जल सम्पदाको संरक्षणको सन्देश नेपालजस्तो जलस्रोतको धनी देशले दिनुपर्ने भन्दै यसका लागि अभियान नै सञ्चालन गरिने बताउनुभयो । अहिल्यैदेखि जल तथा नेपालका प्राकृतिक सम्पदाको संरक्षणमा लाग्न नयाँ पुस्तालाई उहाँले आह्वान पनि गर्नुभयो ।

मानवीय कारणले नै अहिले विश्वमा धेरै सङ्कट देखिएको र जलवायु परिवर्तन यस्तै एउटा नयाँ सङ्कटको स्वरुप रहेकाले यही सङ्कटले विश्वमा निकट भविष्यमै पानीको सङ्कट निम्त्याउन लागेको उहाँले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यले भन्नुभयो “हाम्रो देवदेश नेपाल जल, जङ्गल र अनेक प्राकृतिक सम्पदाका क्षेत्रमा विश्वमै धनी छ । यही देवभूमिले नै जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापी रुपमा दिनुपर्नेछ । त्यसैले जल संरक्षणको प्रतीकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिनु हाम्रो कर्तव्य हुन आउँछ । महायज्ञमा देखिएको अभूतपूर्व उपस्थिति र प्रतिबद्धताले यो अभियानलाई पूर्णता दिने अपेक्षा गर्न सकिन्छ ।”

यही फागुन ९ गतेदेखि सुरु भएको यस महायज्ञमा अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, न्याय, समावेशी समाज, महिला सशक्तिकरण, जल तथा प्राकृति स्रोत सम्पदाहरुको संरक्षण, पूर्वीय चिकित्सा पद्दति र जनस्वास्थ्य, सुशासन, भाषा साहित्य र संस्कृति संरक्षणलगायतका विषयमा सम्बन्धित विषयका विज्ञहरुको सहभागितामा राष्ट्रिय बहस कार्यक्रम आयोजना गरिएको छ ।

मङ्गलबारको यस प्रकृति बहसमा जलवायु विज्ञ डा बिमल रेग्मीले प्राकृतिक स्रोतमाथिको मानवीय अतिक्रमणका कारण विश्वले जलवायु सङ्कटको सामना गरिरहेको बताउनुभयो ।

“प्राकृतिक स्रोत आर्थिक, सामाजिक विकासको मेरुदण्ड हो, तिनको सही सदुपयोग हुनुपर्छ”, उहाँले भन्नुभयो, “धर्म, संस्कृतिका माध्यमबाट पनि समुदायले जमिन, वनजङ्गल र पानीका स्रोतको संरक्षण गरिएको पाइन्छ, यसलाई बढावा दिनुपर्छ ।” प्रकृतिले दिएका अनेक देन र जैविक विविधिता नै नेपालको मुख्य सम्पत्ति भएको उहाँको भनाइ छ ।

प्रकृति र वातावरणका मुद्दा ओझेलमा परेको सुनाउँदै डा रेग्मीले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगले मात्र मुलुकले समृद्धि हासिल गर्ने धारणा राख्नुभयो । “तीनै तहका सरकारको यसमा दायित्व छ, प्राकृतिक स्रोतसाधन र सम्पदाको संरक्षणमा सामुदायिक भावनाको विकास गर्न उत्प्रेरकको काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

जलवायु न्यायको विषय रहेको भन्दै उहाँले पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन राज्यले पहल लिनुपर्ने बताउनुभयो । विकसित देशका कारण नेपालले जलवायु सङ्कटको सामान गरिरहनुपरेको डा रेग्मीको भनाइ छ । “अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पुर्‍याउनु आवश्यक छ, जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक एवं जलाधार विज्ञ राजन सुवेदीले नेपालको प्राचीन सभ्यता खोलानाला र सम्पदासँग जोडिएको बताउनुभयो । उहाँले धर्मले पनि प्रकृति र वातावरण संरक्षणको पाठ सिकाउने धारणा राख्नुभयो । “पानीको स्रोत नरहे पृथ्वीको अस्तित्व सकिन्छ, पृथ्वीलाई सन्तुलित गरेर राख्ने भूमिका पानीले खेलेको हुन्छ”, सुवेदीले भन्नुभयो, “पानीलाई स्वच्छ राखौँ, नदीनाला जोगाऔँ ।”

प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापनमा जोड दिँदै सुवेदीले परम्परागत ज्ञान र संस्कृतिलाई अबलम्बन गर्न सके पर्यावरण संरक्षणमा टेवा पुग्ने विचार राख्नुभयो । ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले पछिल्ला दशकमा नेपालका नदीनाला मानवीय अतिक्रमणका कारण सङ्कटमा परेको धारणा राख्नुभयो ।

नेपालको हिमालय क्षेत्र हुँदै बग्ने नदीहरु विश्वका दुई अर्ब मानिसको पानीको स्रोत रहेको भन्दै उहाँले गिट्टीबालुवाका नाममा नदीलाई ठेक्का लगाउने प्रवृत्ति घातक रहेको बताउनुभयो । “कालीगण्डकी नदी पाषण युगसँग सभ्यता जोडिएको विश्वकै श्रेष्ठ नदी हो, तर अहिले यो दोहनको दुष्चक्रमा परेको छ, नदी दिनदिनै खण्डहर बनिरहेको छ”, गिरीले भन्नुभयो, “मानव जीवनको स्रोत नदी कालीगण्डकीमाथिको हस्तक्षेप रोकिनुपर्छ ।”

नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन हुन नसके अकल्पनीय प्राकृतिक विपत्ति निम्तन सक्ने खतरा रहेको उहाँको भनाइ छ । गिरीले ऋषिमुनीले पूज्दै आएका कालीगण्डकीलगायतका नदीनालाहरुको संरक्षणमा सबै पक्ष जुट्नुपर्ने बताउनुभयो । “विज्ञानको यत्रो चमत्कार हुँदा पनि पानीको आविष्कार भने अहिलेसम्म हुन सकेको छैन”, उहाँले भन्नुभयो, “हाम्रा नदीनालामाथि भइरहेको निर्मम दोहनलाई रोकौँ, प्रकृतिसँग खेलवाड नगरौँ, निजिस्कौँ ।”

वातावरण संरक्षण अभियन्ता सिलसिला आचार्यले सहजीकरण गर्नुभएको उक्त बहसमा डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले पृथ्वी मान्छेको मात्रै नभई सारा प्राणी जगतको रहेको बुझ्नुपर्नेमा जोड दिनुभयो । “पृथ्वी जीवजन्तु र वनस्पतिको पनि हो भन्ने सोचको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विकास निर्माणका योजना वातावरणमैत्री रुपमा सञ्चालन गर्नु आवश्यक छ ।”

वन मासेर सडक निर्माण गर्नका लागि आफूकहाँ दिनदिनै माग आउने गरेको सुनाउँदै उहाँले स्थानीय तहले जथाभावी रुपमा सडक निर्माण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो ।

महायज्ञको पहिलो दिन यही फागनु ९ गते जल तथा उर्जा विकास, फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणाली, फागनु १२ गते गण्डकी विकासको अवधारणा, १३ गते प्रादेशिक राजनीति र सुशासन, फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, फागुन १५ गते आत्मनिर्भरमुखी कृषि, १६ गते योग तथा खेल, फागुन१७ गते पूर्वीय चिकित्सा पद्धति, फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकाससम्बन्धी सम्मेलन गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै फागुन १९ गते समावेशिताको विकास, फागुन २० गते भाषा, साहित्य र संस्कृति, फागुन २१ गते समाजसेवा र हिजो प्राकृतिक स्रोत र वातावरणसम्बन्धी सम्मेलन राखिएको थियो । महायज्ञको अन्तिम दिन आज वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थाको संरक्षणसम्बन्धी सम्मेलन जारी छ ।रासस