२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागी हुन माधव नेपालले खोजे ‘फेस सेभिङ’



अ+ अ-

काठमाडौँ । नयाँ समिकरण बनेसँगै सरकारमा सहभागी हुनका लागि माधव नेपालले फेस सेभिङ खोजेको खबर बाहिरिएको छ ।

हिजो काँग्रेसलाई हटाएर एमालेसँगको समिकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड सरकारमा सहभागी हुनका लागि माधव नेपाललाई अनुरोध गरिरहेका छन् ।

हिजो साँझ पनि माधव नेपालको कोटेश्वरस्थित घरमा पुगेका प्रधानमन्त्री प्रचण्ड आज पनि पुगेका थिए । आज प्रचण्डसँगै एमालेका अध्यक्ष केपी ओली पनि पुगेका थिए ।

उनीहरु दुवैले सरकारमा आउन माधव नेपाललाई भनेका थिए । यसका लागि माधव नेपालले दुई शर्त राखेका सो भेटमा सहभागी एक सुत्रले भन्यो ।

सो समाचार सुत्रका अनुसार माधव नेपालले एमालेसँगै सरकारी गठबन्धनमा सहभागी हुनका लागि नेकपा एकताको प्रस्ताव ओलीले गर्नुपर्ने बताएका थिए । यसो गर्दा कम्तीमा पनि आफू विगतमा फुटेको नेकपा नै एक हुने भएपछि आफू गठबन्धनमा सहभागी भएको तर्क पार्टी र कार्यकर्तालाई दिन पाउनुपर्ने उनको शर्त थियो ।

त्यसैगरी सरकारमा सहभागी हुनका लागि उनले आफ्नो पार्टीले रोजेका मन्त्रालय दिनुपर्ने बताएका थिए । उनले आफूले विगतका मन्त्री नपठाउने र अब पठाउँदा पनि विगतमा पाएजति नै मन्त्रालय दिनुपर्ने उनको शर्त थियो । अघिल्लो गठबन्धनमा नेकपा एसले दुई मन्त्री र एक राज्यमन्त्री पाएको थियो ।

यी दुई शर्त राखेपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली हुन्छ सल्लाह गरौँला भन्दै साँझ फर्किएका थिए । उनीहरु माधव नेपालको घरमा डेढघन्टा भन्दा बढी बसेका बताइएको छ ।